BHRIKUTI: Purnangka – 8 ...

 795.00

SKU: 1054 Category:

Description

यस अङ्कमा समालोचना, जीवन वार्ता, कथा, निबन्ध, भाषा, लेख, संस्कृति र कला स्तम्भ अन्तर्गत विविधतापूर्ण रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत महादेव अवस्थीको ‘देवकोटाको जीवन यात्राको दोस्रो दशक’, जस योञ्जन प्यासीको ‘देवकोटाका केही स्वच्छन्दतावादी कविता’, सुधा त्रिपाठीको ‘महिलाको प्रतिवादशीलताको वकालत’, कुमार प्रसाद कोइरालाको ‘हिमवत्खण्डमा प्रवाहित समकालीन चेतनाको प्रखरता’ र घनश्याम न्यौपाने परिश्रमीको ‘लोन्जाइनस र उनको उत्तर सिद्धान्त’ शीर्षकका समालोचनाहरु रहेका छन् । सत्यमोहन जोशीसँगको लामो कुराकानी यस अङ्कको जीवन वार्तामा रहेको छ । माक्सिम गोर्कीको ‘उसको प्रेमी’ शीर्षकको कथा यस अङ्कमा रहेको छ जसको अनुवाद होमर श्रेष्ठले गरेका छन् । मञ्जुलको ‘म गीतकार एउटा संयोजक मात्र’ शीर्षकको निबन्ध पनि यस अङ्कमा रहेको छ । भाषा अन्तर्गत मोदनाथ प्रश्रितको ‘संस्कृत भाषा र साहित्य ः कति विशाल, कति उपयोगी’, र दानराज रेग्मीको ‘भुजेल भाषामा नामपदका व्याकरणात्मक कोटिहरुको व्यवस्था’ शीर्षकका लेख रहेका छन् । मुरारी प्रसाद रेग्मीले आफ्नो लेखमा देवकोटा र भिक्षुको ज्योतिष–मनोवैज्ञानिक विश्लेषण प्रस्तुत गरेका छन् भने साफल्य अमात्यले नेपालको पुरातङ्खव बारे प्रकाश पारेका छन् । त्यसरी नै चेपाङ समुदायका संस्कारहरु बारे राममणि ढुङ्गेलले चर्चा गरेका छन् भने रमेश खनालले नेपालको पहिलो कलाकार को हो भन्ने बारेमा प्रश्न उठाएका छन् । यस अङ्कको आवरणमा बरिष्ठ कलाकार हरि प्रसाद शर्माको सुन्दर कला–कृति रहेको छ ।

This issue contains a variety of works under the heading of Criticism, Life Talks, Stories, Essays, Languages, Articles, Culture and Art. Among the critiques are Mahadev Awasthi’s ‘Second Decade of Devkota’s Life Journey’, Jas Yonjan Pyasi’s ‘Some Romantic Poems of Devkota’, Sudha Tripathi’s ‘Advocacy of Women’s Resistance’, Kumar Prasad Koirala’s ‘Intensity of Contemporary Consciousness in the Iceberg’ and Ghanshyam Neupane’s ‘Lonjain’ There are criticisms of the title. A long conversation with Satya Mohan Joshi is in the life talks of this issue. This issue of Maxim Gorky’s ‘Her Boyfriend’ is translated by Homer Shrestha. Manjul’s essay titled ‘I am only a lyricist and a coordinator’ is also in this issue. Under the language are Modnath Prashrita’s articles entitled ‘Sanskrit Language and Literature: How Great, How Useful’, and Danraj Regmi’s ‘Arrangement of Grammatical Classes of Names in Bhujel Language’ In his article, Murari Prasad Regmi has presented an astrological-psychological analysis of Devkota and a monk, while Safalya Amatya has shed light on Nepal’s archeology. Similarly, Ram Mani Dhungel has discussed the culture of the Chepang community while Ramesh Khanal has raised the question of who is the first artist of Nepal. On the cover of this issue, there is a beautiful work of art by veteran artist Hari Prasad Sharma.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

144

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2067 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 8 ...”

Your email address will not be published. Required fields are marked *