BHRIKUTI: Purnangka – 3 ...

 495.00

SKU: 1059-1 Category:

Description

यस अङ्कमा समालोचना, संस्कृति, जीवन वार्ता, नाटक, विश्व सन्दर्भ, कला, रङ्गमञ्च, चलचित्र र अनुवाद स्तम्भ अन्तर्गत विविध विषयका रचनाहरु समावेश गरिएका छन् । समालोचना विधा अन्तर्गत प्रा. डा. मुरारी प्रसाद रेग्मीको ‘उत्तर आधुनिक मनोविश्लेषणात्मक समालोचना’, रविलाल अधिकारीको ‘पूर्वीय दर्शनमा भौतिकवाद’, रमेश प्रसाद भट्टराईको ‘लिखे उपन्यासमा दलित पहिचान’ र सुधा त्रिपाठीको ‘ध्वंस र निर्माणका चाहना’ शीर्षकका समालोचनाहरु रहेका छन् । मदनमणि दीक्षितसँगको जीवन वार्ता रहेको यस अङ्कमा मुरारी अर्यालको ‘नेपालमा चलेका तथा नेपालमै उठेका संवत् र म्ह पूजाको सांस्कृतिक परम्परा’ शीर्षकको लेख संस्कृति स्तम्भमा रहेको छ । यसरी नै अशेष मल्लको नाटक रहेको छ भने विश्व सन्दर्भ अन्तर्गत होमर श्रेष्ठको ‘ज्याकको जीवनमाथि विहङ्गावलोकन’ शीर्षकको लेख रहेको छ । यस्तै, यस अङ्कका अन्य रचनाहरुमा माधव ढुङ्गेलको ‘चलचित्र र नाटकका रुपमा प्रेमपिण्ड’को समीक्षा रहेको छ भने कृष्ण शाह यात्रीको ‘२०४६ सालपछिको नेपाली रङ्गमञ्च’ शीर्षकको लेख रहेको छ । कला स्तम्भ अन्तर्गत अस्मिना रञ्जितको ‘पर्फमेन्स अर्थात जिउँदो कला शीर्षक’को लेख रहेको छ । अनुवाद रचनामा यस पटक नोबिकोब प्रिबोइको कथा समावेश गरिएको छ । यस अङ्कको आवरणमा कलाकार दुर्गा बरालको कला–कृति रहेको छ ।

This issue includes works on a variety of topics, including criticism, culture, life dialogue, drama, world context, art, theater, film and translation columns. Pvt. Dr. Murari Prasad Regmi’s ‘Postmodern Psychoanalytic Criticism’, Ravilal Adhikari’s ‘Materialism in Eastern Philosophy’, Ramesh Prasad Bhattarai’s ‘Dalit Identity in Written Novels’ and Sudha Tripathi’s ‘Desire for Destruction and Construction’. Murari Aryal’s article titled ‘Cultural Traditions of Samvat and Mha Puja in Nepal’ is in the culture column of this issue. Similarly, there is a play by Ashesh Malla and an article titled ‘Overview of Jack’s Life’ by Homer Shrestha under the global context. Similarly, other works in this issue include a review of Madhav Dhungel’s ‘Love Pind as a Film and Drama’ and an article by Krishna Shah Yatri entitled ‘Nepali Theater after 2046’. Under the art column is Asmina Ranjit’s article titled ‘Performance’. This time the translation work includes the story of Nobikob Priboi. The cover of this issue features works of art by artist Durga Baral.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2064 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 3 ...”

Your email address will not be published. Required fields are marked *