BHRIKUTI: Purnangka – 20 (PB...

 495.00

5 in stock

Category:

Description

समालोचना, जीवन वार्ता, इतिहास, कथा, नाटक, लोक साहित्य, संस्कृति र चलचित्र स्तम्भ अन्तर्गत यस अङ्कमा विविधतायुक्त लेख÷रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत राप्रउ पोखरेलको ‘माक्र्सवाद, समाज र साहित्य’, सुधीश पचौरीको ‘माक्र्सवाद र उत्तर आधुनिकताका सम–विषम पक्षहरु’, पूर्ण इन्फादाको ‘माक्र्सवाद र मृत्यु बोधको आलेखीय फ्युजनमा नोस्टाल्जिक बिम्ब चेतना’, भरत बहादुर भण्डारीको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविताको शैली वैज्ञानिक अध्ययन र सुरेश हाचेकालीको ‘तेस्रो किनाराभित्र वशीभूत पात्रत्व’ शीर्षका लेख÷समालोचना रहेका छन् । जीवन वार्ता अन्तर्गत जगदीश घिमिरेको जीवन र साहित्य लेखनलाई समेटिएको छ । इतिहास अन्तर्गत मेदिनीप्रसाद शर्माको ‘पृथ्वीनारायण शाहको कूटनीति र विदेशनीति’ सम्बन्धी लेख रहेको छ । यस अङ्कमा कृश्न चन्दर र जेम्स ज्वायसका कथा रहेका छन् भने शार्दूल भट्टराईको नाटक रहेको छ । लोक साहित्य अन्तर्गत मधुसूदन गिरीको ‘मध्य तथा सुदूर पश्चिमका लोक गीतमा सबाल्टन बिम्ब’ सम्बन्धी लेख रहेको छ । यसरी नै संस्कृति अन्तर्गत नेपालको विशिष्ट संस्कृतिका रुपमा रहेको गुठी परम्पराका बारेमा साफल्य अमात्यले प्रकाश पारेका छन् भने चलचित्र स्तम्भ अन्तर्गत ‘सिनेमा पत्रिका र नेपालमा चलचित्र पत्रकारिता’का बारेमा विजयरत्न तुलाधरले विवेचना गरेका छन् । यस अङ्कको आवरण पृष्ठमा ओम खत्रीको कला–कृति रहेको छ ।

 

Criticism, Life Talks, History, Fiction, Drama, Folk Literature, Culture and Film Columns. Critics include Rapru Pokharel’s ‘Marxism, Society and Literature’, Sudhish Pachauri’s ‘Even-odd Aspects of Marxism and Post-Modernity’, Purna Infada’s ‘Nostalgic Image Consciousness in the Graphical Fusion of Marxism and Death Perception’, Bharat Bahadur Bhandari’s ‘Drunk Man’s Speech After Midnight’ There are articles / critiques on style scientific studies and Suresh Hachekali’s ‘Subdued Character within the Third Edge’ The life talks include Jagdish Ghimire’s life and literary writing. Under History, there is an article by Medini Prasad Sharma on ‘Prithvinarayan Shah’s Diplomacy and Foreign Policy’. This issue has stories by Krishna Chander and James Joyce and a play by Shardul Bhattarai. Under folk literature, there is an article by Madhusudan Giri on ‘Subalton image in folk songs of the Mid and Far West’. Similarly, Safalya Amatya has highlighted the Guthi tradition as a unique culture of Nepal, while Vijay Ratna Tuladhar has discussed about ‘Cinema Magazine and Film Journalism in Nepal’ under the Film Column. On the cover of this issue is a work of art by Om Khatri.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351, 9789937646079

Language

Nepali

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2071 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 20 (PB...”

Your email address will not be published. Required fields are marked *