BHRIKUTI: Purnangka – 16 (PB...

 495.00

300 in stock

Category:

Description

यस अङ्कमा समालोचना, जीवन वार्ता, निबन्ध, संस्कृति, रङ्गमञ्च, कथा र पुस्तक समीक्षा स्तम्भ अन्तर्गत विविध लेख÷रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत अमर गिरीको ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’, कृष्ण गौतमको ‘संरचनात्मक माक्र्सवादका शिखरश्री ः अल्थुजर’, गणेश प्रसाद बरालको ‘कुण्डलिनी योग र द अलकेमिस्ट ः तुलनात्मक अध्ययन’ र रमेश प्रसाद भट्टराईको ‘सांस्कृतिक अध्ययनका मूलभूत सिद्धान्त’ शीर्षकका लेख÷समालोचनाहरु रहेका छन् । प्रा. डा. कुमार बहादुर जोशीसँगको जीवन वार्ता रहेको यस अङ्कमा भारतीय साहित्यकार कृश्न चन्दरको चर्चित कथा ‘महालक्ष्मीको पुल’ को नेपाली रुपान्तर प्रकाशित छ । मुरारी प्रसाद रेग्मीको ‘प्रतीक्षा’ शीर्षकको कथा पनि यस अङ्कमा प्रकाशित छ । संस्कृति अन्तर्गत भानुभक्त पोखरेलको ‘अग्निहोत्रका सम्बन्धमा वैज्ञानिक दृष्टिकोण’ र भिक्टर प्रधानको ‘क्वाँटी ः नेपाली साझा संस्कृतिमा एक झिल्को फ्युजन’ शीर्षकका लेख प्रकाशित छन् भने विजय चालिसेको निबन्ध रहेको छ । रङ्गमञ्च स्तम्भमा रमेश रञ्जन झाले ‘मैथिली नाटकमा महेन्द्र मलङ्गियाको भूमिका’ बारे प्रकाश पारेका छन् । पुस्तक समीक्षा अन्तर्गत डा. साफल्य अमात्यले डा. जगमान गुरूङद्वारा लिखित ‘गण्डकी प्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदाहरुको अध्ययन’ सम्बन्धी पुस्तकको समीक्षा गरेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार भुवन थापा बहुबीको कला–कृति रहेको छ ।

 

This issue contains various articles under the headings of Criticism, Life Talks, Essays, Culture, Theater, Stories and Book Review. Criticisms include Amar Giri’s ‘Cultural Consciousness in Contemporary Nepali Poetry’, Krishna Gautam’s ‘The Peak of Structural Marxism: Althujar’, Ganesh Prasad Baral’s ‘Kundalini Yoga and the Alchemist: A Comparative Study’ and Ramesh Prasad Bhattarai’s ‘Fundamentals of Cultural Studies’. Are Pvt. Dr. In this issue, which has a life story with Kumar Bahadur Joshi, a Nepali version of the famous story of Indian writer Krishna Chander ‘Mahalakshmi’s Bridge’ has been published. Murari Prasad Regmi’s story titled ‘Waiting’ is also published in this issue. Bhanubhakta Pokhrel’s ‘Scientific Perspectives on Agnihotra’ and Victor Pradhan’s ‘Quanti: A Light Fusion in Nepali Common Culture’ and Vijay Chalise’s essays have been published under Culture. In the stage column, Ramesh Ranjan Jha has highlighted the role of Mahendra Malangiya in Maithili drama. Under the book review, Dr. Dr. Safalya Amatya Review of the book ‘Study of Cultural Heritage of Gandaki Spring Region’ written by Jagman Gurung. On the cover of this issue, there is a work of art by artist Bhuvan Thapa Bahubi.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

144

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2069 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 16 (PB...”

Your email address will not be published. Required fields are marked *