BHRIKUTI: Purnangka – 1 ...

 495.00

300 in stock

SKU: 1058-1-1-1 Categories: ,

Description

भृकुटीको आरम्भ अङ्क २०६४ फागुनमा प्रकाशित भएको हो । २ सय ५८ पृष्ठको यस अङ्कमा सैद्धान्तिक समालोचना, प्रायोगिक समालोचना, भाषा, संस्कृति, जीवन वार्ता, कविता, कथा, नाटक, निबन्ध, अनुवाद साहित्य, कला, चलचित्र र पुस्तक समीक्षा समेत गरी विभिन्न विधाका पच्चिस वटा रचनाहरु रहेका छन् । प्रा. कृष्ण गौतमको ‘समालोचनामा अन्तर्पाठीयताको अवधारणा’, प्रा. डा. गोविन्दराज भट्टराईको ‘आधुनिक फ्रान्सेली कला–साहित्यले विश्वलाई देखाएको बाटो’, डा. जङ्गब चौहानको ‘दोस्रो विश्व युद्ध र रुसी साहित्य’, मुरारी अर्यालको ‘रिमाल–भूपी–पारिजात र बिचका गद्य कविहरु’, प्रा. जगन्नाथ शर्मा त्रिपाठीको ‘समीक्षाः देखेको निबन्धको’, डा. प्रतापचन्द्र प्रधानको ‘कथाकार इन्द्र बहादुर राईको कथा यात्रा’, प्रा. राजेन्द्र सुवेदीको ‘नव चेतनाका आधारमा राधा उपन्यास’ विषयक लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् । यस्तै, भाषा अन्तर्गत प्रा. डा. माधव प्रसाद पोखरेलको
‘व्याकरणको शोध विधि’, संस्कृति अन्तर्गत बैरागी काइँलाको ‘लिम्बू मुन्धुममा पाप–व्यभिचारको आख्यान’, मोदनाथ प्रश्रितको ‘नेपाली संस्कृति र राष्ट्रियताको विकास’, सत्यमोहन जोशीको ‘एथेन्सको आम्पिथिएटरदेखि ललितपुरको कात्तिक नाचको डबलीसम्म’ शीर्षकका लेखहरु रहेका छन् । यस अङ्कमा रमेश विकलसँगको जीवन वार्ता रहेको छ । विमल निभा र लिखत पाण्डेका कविता, खगेन्द्र सङ्ग्रौला र इस्मालीका कथा, अभि सुवेदीको नाटक, सुधा त्रिपाठीको निबन्ध, मदन चित्रकारको कला समीक्षा, डा. प्रदीप भट्टराईको चलचित्र समीक्षा, माधव ढुङ्गेलको पुस्तक समीक्षा सहित यस अङ्कमा बर्तोल्त ब्रेख्त, म्याक्सिम गोर्की र सुसान सोन्ट्यागका अनुवाद रचना पनि रहेका छन् । यस अङ्कको आवरणमा कलाकार शशिकला तिवारीको कला रहेको छ ।

The inaugural issue of Bhrikuti was published in February, 2008. This 258-page issue contains twenty-five works of various genres including theoretical critique, experimental critique, language, culture, life dialogue, poetry, story, drama, essay, translation literature, art, film and book review. Pvt. Krishna Gautam’s ‘Concept of Intertextuality in Criticism’, Pvt. Dr. Govindaraj Bhattarai’s ‘The Way Modern French Art and Literature Showed to the World’, Dr. Jangab Chauhan’s ‘World War II and Russian Literature’, Murari Aryal’s ‘Rimal-Bhupi-Parijat and Between Prose Poets’, Pvt. Jagannath Sharma Tripathi’s ‘Review: Essay on Seen’, Dr. Pratap Chandra Pradhan’s ‘Story Journey of Storyteller Indra Bahadur Rai’, Pvt. Rajendra Subedi’s essays / critiques on ‘Radha Novel on the Basis of New Consciousness’ are in this issue. Similarly, under language Pvt. Dr. Madhav Prasad Pokhrel
There are articles titled ‘Research Method of Grammar’, Bairagi Kainla’s ‘Story of Sin and Adultery in Limbu Mundhum’, Modnath Prashrita’s ‘Development of Nepali Culture and Nationality’, Satya Mohan Joshi’s ‘From Amphitheater in Athens to Double Dance in Lalitpur’. This issue features life talks with Ramesh Vikal. Poems by Vimal Nibha and Likhat Pandey, Stories by Khagendra Sangraula and Ismaili, Drama by Abhi Subedi, Essay by Sudha Tripathi, Art Review by Madan Chitrakar, Dr. The issue includes Pradip Bhattarai’s film review, Madhav Dhungel’s book review and translations by Bertolt Brecht, Maxim Gorky and Susan Sontag. The cover of this issue features the art of artist Shashikala Tiwari.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

258

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2064 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 1 ...”

Your email address will not be published. Required fields are marked *